दफा २८
हदम्याद नजाने
यस ऐनका अन्य दफाहरूमा जुनसुकै कुरा लेखिएको भएतापनि यस ऐनको दफा १०, १९ र २० बमोजिम कर निर्धारण गर्नु पर्ने हदम्यादको गणना गर्दा देहाय बमोजिमको अवधिलाई बाहेक गरी गणना गरिनेछ :—
(क) यो ऐनबमोजिम कर अधिकृत वा नेपाल सरकारले उठान गरेको कुनै कारवाई रोक्का वा स्थगन राख्न अदालतबाट आदेश भएमा त्यसरी रोक्का भएको अवधि ।
(ख) कर अधिकृतको कर निर्धारण आदेश उपर पुनरावेदन परेकोमा त्यस्तो पुनरावेदनको अन्तिम निर्णय भएको जानकारी प्राप्त नभएसम्मको अवधि ।